काठमाडौँ । नेपाल प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । आज गए राति १ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
गस्तीको क्रममा रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामी पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ४ वटा साइकलमा लोड गरी लुकाई छिपाई चिडया दहबाट चपुर तर्फ लैजादैँ गरेको अवस्थामा सालको काठको गोलिया २१ क्युफिट, साईकल ४ थान बरामद गरि कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ फागुन २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ