बाजुरा। बाजुरामा विवाहको भोजमा युवकको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका- ७ का २७ वर्षीय लोकेन्द्र खड्का, २५ वर्षीय खेमराज विष्ट र २२ वर्षीय दीर्घ विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बूढीगंगा नगरपालिका- ८ का सन्तोष खड्काको विवाहको भोजमा पुगेका २७ वर्षीय रणबहादुर थापाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।विवाह भोजमा उनीहरूबीच विवाद हुँदा कुटपिट गरेर थापाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ