बाजुरा । बाजुरामा बिहेमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापा उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी निरीक्षक जनक बोहराका अनुसार अछामको बयलपाटा अस्पतालमा उनको शुक्रबार मृत्यु भएको छ।
कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीर्घ विष्ट, लोकेन्द्र खड्का र खेमराज विष्ट रहेका छन्। अन्य दुई जनालाई पनि घटनाको बारेमा सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबिच झडप
सुनसरी-४ मा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप
दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा झडप
कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप