वासिङ्टन डीसी । अमेरिकाको अरिजोना विमानस्थल माथिको आकाशमा दुई साना विमान जुधेका छन् । यो घटनामा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
टूसनको उत्तरपश्चिममा माराना क्षेत्रीय विमानस्थल नजिक बिहान ८ः २८ बजे सेस्साना १७२ एस र ल्यान्कएयर ३६० एमके आईआई जुधेको राष्ट्रिय परिवहन सुरक्षा विभाग (एनटीएसबी) ले भनेको छ । यी दुई सिंगल इञ्जिन विमान रनवे १२ माथि जुधेको भनिएको छ ।
ठोक्किएपछि सेसेना अवतरण भए पनि ल्यान्कएयरको विमान भने अर्को धावनमार्ग नजिक जलेको एनटीएसबीले भनेको छ । यस घटनामा दुई जना मरेको र हरेक विमानमा दुई दुुई जना सवार भएको बताइएको छ ।
यस घटनाबारे छानबिन भइरहेको छ । छानबिन चल्दासम्म विमानस्थल बन्द गरिएको छ । जनवरी २९ मा पनि वाशिङटनमा विमान र सेनाको हेलिकप्टर आकाशमा ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो । त्यसयता अमेरिकामा चार वटा हवाई दुर्घटना भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....
लन्डनमा उड्नेबित्तिकै खस्यो विमान
कतारले अमेरिकालाई दियो विमान उपहार
आकाशमै टायर पड्किएपछि विमानको आकस्मिक अवतरण
क्यानडामा ८० जना सवार विमान अवतरण गर्ने क्रममा पल्टियो
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता