काठमाडौं। पर्सामा अवैध लागुऔषध गाँजा र चरेशसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको वंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने २८ वर्षीय राज अधिकारी रहेका छन् ।
उनको साथबाट लुकाइछिपाई राखिएको लागुऔषध गाँजाजस्तो देखिने पदार्थ ६ केजी ३०० ग्राम र प्लाष्टिकले बेरी राखिएको लागुऔषध चरेशजस्तो देखिने पदार्थ २ केजी १०० ग्राम फेला बरामद भएको पर्साका डीएसपी सुवास भट्टले जानकारी दिए ।बरामद गाँजा र चरेश ।
बुधबार दिउँसो वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ