काठमाडौं। पर्सामा अवैध लागुऔषध गाँजा र चरेशसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको वंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने २८ वर्षीय राज अधिकारी रहेका छन् ।
उनको साथबाट लुकाइछिपाई राखिएको लागुऔषध गाँजाजस्तो देखिने पदार्थ ६ केजी ३०० ग्राम र प्लाष्टिकले बेरी राखिएको लागुऔषध चरेशजस्तो देखिने पदार्थ २ केजी १०० ग्राम फेला बरामद भएको पर्साका डीएसपी सुवास भट्टले जानकारी दिए ।बरामद गाँजा र चरेश ।
बुधबार दिउँसो वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लागु औषधसहित दुई पक्राउ