सिरहा। सिराहामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका-७ फुलकाहा बस्ने ४० वर्षीया संगीता महतोको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हो।
सोही ठाउँस्थित आफ्नै तरकारी बारीमा जडान गरिएको विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि मेट्रो मेघा हेल्थ केयर कसाहा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर वृद्धा महिलाको मृत्यु
ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु