काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव कतार भ्रमणमा जाने भएका छन् ।
नेपाली समाज कतार, मधेश प्रदेश समन्यव परिषद् कतार तथा उक्त परिषद्अन्तर्गत कतारमा रहेका विभिन्न संघ संस्थाले आयोजना गर्ने होली महोत्सव, रमादान पर्व, शुभकामना अदान प्रदान कार्यक्रममा भाग लिन उनी बुधबार कतार प्रस्थान गर्न लागेका उनकाे निजी सचिवालयले जनाएको छ ।
मधेश प्रदेश समन्यव समिति कतारको चौथो स्थापना दिवस पनि त्यहाँ हुनेछ । उक्त कार्यक्रममा पनि उनी सहभागी हुने बताइएको छ । भोलि एयर इन्डियाको विमानबाट भारतको नयाँ दिल्ली हुँदै यादव कतार प्रस्थान गर्ने कार्यक्रम छ ।
फागुन १२ गते दुबई हुँदै साँझ हिमालय एयरलाइन्सको विमानबाट यादव स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गरिबी,असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडी बढाउनुपर्छ : उपेन्द्र यादव
अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेटे देउवा र ओलीलाई
समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
जसपा नेपालका अध्यक्ष यादव चिली भ्रमणमा जाँदै
एनजीओको कार्यक्रममा भाग लिन उपेन्द्र यादव दिल्लीमा