काठमाडौँ । सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले राजाको ठाउँमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुलाई क्रान्ति नभनिने टिप्पणी गरेका छन् ।हुलाक टिकट प्रदर्शनी कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको राप छाडेर आधुनिकीकरण र व्यवस्थापन गर्ने कुरामा अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘क्रान्ति भनेको वीरेन्द्रको ठाउँमा वा ज्ञानेन्द्रको ठाउँमा अब अहिले केपी ओली, शेरबहादुर देउवा वा ‘प्रचण्ड’ आउँदैमा मात्रै क्रान्ति हुँदैन नि, क्रान्ति भनेको त हाम्रो इतिहासमा देखिनुपर्यो, समाजमा देखिनुपर्यो । हाम्रो कृषिमा देखिनुपर्यो । हाम्रो बिजुलीमा, उत्पादन प्रणालीमा, हरेक चिजमा देखिनुपर्यो । हाम्रो विज्ञान प्रविधिमा देखिनुपर्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'सामाजिक सञ्जाल छिट्टै खुल्छन्:’ सञ्चारमन्त्री गुरुङ
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री गुरुङ
सम्पत्तिको अधिकार रक्षा गर्न हुलाक टिकट महत्त्वपूर्ण : सञ्चारमन्त्री गुरुङ
विकासका लागि राजनीतिक स्थिरता जरुरी छ: सञ्चारमन्त्री गुरुङ
इन्टरनेट प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो : सञ्चारमन्त्री गुरुङ
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ