बर्षाले भनिन् ‘मेरो माया कतारमा’

सफल खबर संवाददाता

शुक्रबार, १६ कार्तिक २०७५, १७ : ३०
बर्षाले भनिन् ‘मेरो माया कतारमा’

काठमाडौं । २७ पुसमा प्रदर्शनमा आउने चलचित्र ‘चौका दाउ’ ले दोस्रो गीत सार्वजनिक गरेको छ । ‘मेरो माया कतारमा’ बोलको गीत सोनीका केसीमाथि फिचरिङ गरिएको छ । उनको साथमा सन्तोष पन्त, तैयव शाह, रविन्द्र झा, विल्सनविक्रम राई, वर्षा राउतको पनि नृत्य देख्न सकिन्छ । 

गीतमा श्रीपुरुष ढकालको शब्द, शम्भुजित बास्कोटाको संगीत रहेको छ । गीतलाई बास्कोटासँगै सुमन गुरुङले स्वर दिएका छन् । गीतको नृत्य निर्देशन वसन्त श्रेष्ठले गरेका हुन् ।  आइटम नम्बरको रुपमा प्रस्तसत गरिएको गीत चलचित्रको कथा अनुसार नै तयार गरिएको निर्देशक पुर्नेन्दु झाले बताए ।

‘पहिलो गीतलाई दर्शकले रुचाउनु भयो’ झाले भने ‘ यसगीतले पनि दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु ।’ शम्भुजितले निर्माण गरेको यनो चलचित्र  सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रोमान्टिक कमेडी जनरा चलचित्रको भएको बताइएको छ । 

 

प्रतिक्रिया दिनुहोस