एजेन्सी । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको प्ले अफ खेलमा वायरन म्युनिखले सेल्टिकलाई २–१ ले हराएको छ।
ग्लास्गोमा भएको खेलमा माइकल ओलिसेको गोलमा म्युनिखले पहिले अग्रता लिएको थियो। हेरी केनले ४९ औँ मिनेटमा अर्को गोल गरे। उनले यस सिजनमा खेलेका २९ खेलमा २९ औँ गोल गरेका हुन्।
च्याम्पियन्स लिगमा उनले यस सिजनमा ७ गोल गरेका छन्। यी दुई टोली बिच म्युनिखमा अर्को साता दोस्रो लेग खेल हुनेछ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ फागुन २०८१, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्युनिखले पिएसजीलाई ३-१ ले हरायो
क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा
इन्टरसँग वायरन म्युनिख पराजित
म्युनिखको जितमा केनले गरे दुई गोल