काठमाडौं। रोल्पाको माडी गाउँपालिकाले भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।सशस्त्र संघर्षका क्रममा बलिदान दिने ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले बिहीबार पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
'प्रस्तुत विषयमा मिति २०८१/१०/१० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार मिति २०५२ फागुन १ गतेका दिनदेखि शुरू भएको महान् जनयुद्ध (सशस्त्र संघर्ष)का क्रममा बलिदान दिनुहुने ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।
घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना र बेपत्ता पारिएका व्यक्तिहरूको यथाशीघ्र खोज अनुसन्धान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै, प्रदेश कानूनद्वारा प्राप्त अधिकारको प्रयोग गरी उक्त दिन पालिकाभर १ दिन सार्वजनिक बिदा दिने निर्णय भएकोले मिति २०८१ फागुन १ गते गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा