काठमाडौं । सेयर बजार परिसूचक आज सामान्य बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको हो । आज बजारमा करिब ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
बजारमा आज १२४ कम्पनीको मूल्य बढेको छ । ९९ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्यउ स्थिर रहेको छ ।समूहगत रुपमा हेर्दा विकास बैंक, फाइनान्स, लगानी र जीवन बीमा समूहको परिसूचक बढ्दा अन्य समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट व्यापारमूलक समूहमा भएको छ ।
बजारमा आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लाग्दा उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबारका आधारमा आज एनआरएन इन्फास्ट्रक्चर सबैभन्दा अगाडि रह्यो । कारोबार रकममा तेस्रो रहेको रिभर फल हाइड्रोपावर कारोबार संख्याको आधारमा पहिलो स्थानमा रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार