काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अपराधिहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको बताएका छन् । नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पहिले प्रहरीसँग सोझो आँखाले हेर्न नसक्ने अपराधीले अहिले लाज सरम नमानी हाँकाहाँकी हिड्ने गरेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यतिमात्रै नभइ अहिले सुन तस्करीले त भेट्यो भने प्रहरीलाई नै हप्काइदिने बताए । ‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ । ओए… किन हेरेको भनेर ?’ उनले अघि भने, ‘झोलाभरि सुन हुन्छ तर, किन हेर्या भन्छ ? उल्टै हप्काउँछ ।
उनले जमाना नै फेरिएको बताउँदै भलाद्मीर सोझासाझा बनेर तस्करी गर्ने गरेको संकेत गरे । ‘हामी जस्ता भलाद्मी सोझा सिधा इमान्दारलाई किन हेरेको छ हँ भनेपछि के हो के हो.. ? को हो म चिन्या छ हँ.. भने पछि झन् के हो के हो… यस्तो खाल्को जमाना छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले उद्घाटन गरे अनेरास्ववियुको महाधिवेशन