पीपीएल टी–२० क्रिकेट

बुटवल ब्लास्टर्सले पायो एक सय ६२ रनको लक्ष्य

सफल खबर संवाददाता

विहीबार, १५ कार्तिक २०७५, १५ : ०६
बुटवल ब्लास्टर्सले पायो एक सय ६२ रनको लक्ष्य

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा जारी दोस्रो खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई एक सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै धनगढी ब्लुजले एक सय ६१ रन जोडेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको धनगढीको लागि टिम क्याप्टेन दिपेन्द्रसिंह ऐरीले नटआउट ५६ रनको योगदान गरे । उनले ३९ बलमा चार चौका र दुई छक्काको मद्दतले सर्वाधिक रन बटुले । धनगढीका डेनिल लरेन्सले ३९ बलमै ५१ रन जोड्न सफल भए । उनले तीन चौका र दुई छक्कासहित अर्धशतक बनाए । ऐरी र लरेन्सले साझेदारी शतक खेले ।
अन्य खेलाडीमध्ये पिटर ट्रेगोले १४, सौरभ खनालले १३, दिलिप नाथले १० र सुबेन्दु पाण्डेले १० रन जोडेका थिए । बुटवल ब्लास्टर्सका लागि विपिन खत्रीले २२ रन खर्चेर दुई विकेट लिए । रोहन मुस्तफाले एक र अविनाश बोहराले एक विकेट लिए ।
कात्तिक ९ गतेबाट सुरु भएको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस