काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारी जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन् ।
डिएसपी पासवानका अनुसार राईलाई सिरहा नगरपालिका-७ हेमनारायण चौकबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो। राईलाई प्रहरी प्रधान कार्यालय काठमाडौँको साइबर ब्युरोमा पठाएको प्रवक्ता पासवानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी
कर्मचारीको अवकाश उमेर बढाउँदा राज्यलाई लाभ