काठमाडौँ । राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएकाे हाे ।बिहीबारको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका हुन् । यसैगरी शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन् ।
यस्तै केही सदस्यहरुले शुन्य समयमा समसामयिक विषयमा आ–आफ्नो धारणा राखे । आजको बैठकमा अध्यादेश पेस गर्ने भनिएपनि राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाका सांसद पुगेपछि…
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
यस्तो छ सोमबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची