काठमाडौँ । संसदमा पेश भएको अध्यादेश पारित गर्न प्रतिनिधि सभामा सत्तापक्षको बहुमत भएपनि राष्ट्रिय सभामा समस्या पर्ने देखिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा सामान्य बहुमतका लागि ३० सांसद चाहिन्छ ।
तर सत्तापक्ष नेपाली कांग्रेसका १६, एमालेका १० र लोसपाका १ सांसद छन् । मनोनीत सांसद अञ्जान शाक्यले पनि सरकार पक्षलाई नै साथ दिने निश्चित भएकाले सत्तापक्षसँग २८ सांसद पुग्ने देखिन्छ ।
वामदेव गौतम, अञ्जन शाक्य र नारायण दाहाल मनोनीत सांसद हुन् । उनीहरूलाई ह्वीप लाग्दैन । बामदेवले कता साथ दिन्छन् भन्ने खुलेको छैन ।
राष्ट्रिय सभाको पछिल्लो गणितलाई हेर्दा अध्यादेशससिहत कुनैपनि विषयमा बहुमतले निर्णय गर्न ३० जना सांसद आवश्यक पर्छ तर तत्काल त्यो संख्या नहुँदा सत्तापक्षलाई सकस पर्ने देखिन्छ । यस्तो अवस्थामा जसपाको साथ सरकार पक्षले खोज्ने देखिएको छ । राष्ट्रिय सभामा जसपाका ३ सांसद छन् ।
जसपाले सरकारलाई समर्थन गरेपनि यो पार्टी सरकारमा सहभागी छैन । राष्ट्रिय सभामा अल्पमतमा पर्ने देखिएपछि सरकार पक्षले जसपासँग साथ मागेको बुझिएको छ । सोही कारण जसपाले सांसद राजकिशोर यादव नेतृत्वमा अध्यादेश अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
उक्त कार्यदलको बैठक मंगलबार बसेर प्रतिवेदन तयार पार्ने र उक्त प्रतिवेदनका आधारमा जसपा संसदीय दलले अध्यादेशमा के गर्ने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।
विपक्षी दलबाट राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ र जनमोर्चा १ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति
अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त
अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने
अध्यादेशबारे आन्तरिक छलफलमा जुट्यो जसपा नेपाल