काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलन सुरु गरेको छ । आन्दोलन अन्तर्गत आइतबार शिक्षकहरूले सामाजिक सञ्जाल फेसबुकमा हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाएका छन् ।
अध्यादेशमार्फत सरकारले शिक्षकलाई पनि सेवामा आधारित पेन्सनमा समावेश गरेपछि शिक्षकहरू आन्दोलित भएका हुन् ।शिक्षक सरुवा निर्देशिकाको पनि विरोध गर्दै आएका शिक्षकले सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्न आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलन अन्तर्गत पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्ने निर्णय महासंघले गरेको छ ।
३० माघमा पालिका कार्यालयमा कालो पट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गर्ने लगायतका आन्दोलनको घोषणा महासंघले गरेको छ । १६ र १७ माघमा बसेको महासंघको बैठकले आन्दोलन घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगद्धारा ओली र लेखकलाई पत्र पठाउने तयारी
मिराजको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा
भोलि शैक्षिक हड्ताल घोषणा
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन सुरु
पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप