काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनको क्षेत्रमा नागरिक एपले ठूलो योगदान गरेको बताएका छन् । प्रतिनिधिसभाको हिउँदै अधिवेशनअन्तर्गत पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नागरिक एपबाट नागरिकले सरकारी सेवा सहज रुपमा लिन पाएको बताए ।
नागरिक एपले ५० भन्दा बढी सेवा दिएको भन्दै उनले सुरु गरेको केही दिनमै यो नेपालमा सबैभन्दा बढी डाउनलोड हुने पहिलो एप बनेको बताए । प्रधानमन्त्रीले ५७ लाख २६ हजार जनताले डाउन लोड गरिसकेको जानकारी दिए ।
केही वर्षअघि क्युआर स्क्यान गरी भुक्तानी थाल्दा भुक्तानी शैलीमा क्रान्ति आएको चर्चा गर्दै उनले अहिले डिजिटल माध्यमबाट भुक्तानीको सुविधा मिलेको भन्दै नागरिक एपबाट क्युआर‘लाइन होइन, अनलाइन’ सेवाको लक्ष्य पूरा हुँदै गएको बताए ।
यसले सरकारी कामलाई छिटो र पारदर्शी बनाएको प्रधानमन्त्रीको भनाइ थियो । उनले नागरिक एपबाटै १ लाख ८० हजारले प्यान नम्बर लिएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना