काठमाडौं । अखिल (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनपछि जारी रहेको मतगणनामा महासचिवको मतगणना सकिदाँ थापामगर महासचिवमा निर्वाचित भएका हुन् ।
थापामगरले ६०१ मत प्राप्त गरेका छन् ।महासचिवमा निर्वाचित थापामगर यस अघि संगठनको सचिवको जिम्मेवारीमा थिए । त्यस अघि उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववीयु सभापति थिए ।
३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा पार्टी र विद्यार्थी संगठनमा विवाद चलिरहदाँ थापामगर उमेर हद लगाउनुपर्ने पक्षमा खुलेरै लागेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल (क्रान्तिकारी)द्वारा असार १५ देखि देशव्यापी शैक्षीक संघर्षको घोषणा