काठमाडौँ । ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
मंगलबार सिंहदरवारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च बेहोर्ने लगायतका निर्णय गरेको हो ।
त्यस्तै, घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको वार्तामा सहभागी एक सांसदले बताए । घटनाबारे भोलि (बुधबार( संस्कृति, पर्यटन तथा उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने बताइएको छ ।
मंगलबार भएको छलफलमा गृहमन्त्री रमेश लेखक, ताप्लेजुङका सांसद योगेश भट्टराई र उर्मिला थेवे, इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही लगायत सहभागी थिए ।
छलफलमा प्रहरी महानिरीक्षक कुँवरले घटनाको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा वर्षकै बाक्लो हिमपात
पाथीभरा तनाव: शुक्रबार राति १२ बजेदेखि ताप्लेजुङमा यातायात बन्द गर्ने घोषणा
पाथीभरामा हिमपात
पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्या हाम्रो हाइन्ः गृह मन्त्रालय
योगेश भट्टराईद्वारा पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे १९ बुँदे ध्यानाकर्षण