उदयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ । आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो ।
उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।'घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पठाएका छौं,' उनले भने ।
प्रहरीका अनुसार सोमबार साँझ नजिकैको एक पसलबाट साथीहरूसँग मदिरा सेवन गरी घले छुटेका थिए । स्थानीयले घटना शङ्कास्पद रहेको भन्दै शव उठाउन नदिएपछि प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको जनाएको छ ।
स्थानीय होम बस्नेतका अनुसार मदन भण्डारी सडक हेरालुहरूले सफाइका क्रममा कल्भर्ट मुनी शव देखेर प्रहरीलाई जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी
पाल्पामा एक पुरुष मृत फेला
सुकेधारामा पुरुष मृत फेला