काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ ।दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।
आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन : १५ जिल्लामा प्रतिनिधि छनौटमा धाँधली भएको पोखरेल पक्षको आरोप
केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी
ओलीको सहजताका लागि एमालेले फेरि विधान संशोधन गर्ने
उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले : एमाले महासचिव पोखरेल
आज प्रतिनिधि सभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा सुनुवाइ हुँदै
एमाले नेता कर्ण थापालाई पार्टी कार्यालयमै दुर्व्यवहार