काठमाडौँ । दाङ र झापा जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।दाङको तुल्सीपुर उपमहानगरपलिका-८ नयाँबस्ती बस्ने झुपराज घर्तीमगरको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपराज समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
उता झापाको दमक नगरपालिका-१० सेतुमारीस्थित खेतमा रहेको गोठमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय विकास राई समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७६ हजार ४ सय ९० रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ