बेइजिङ । जापानी विद्यालयबाहिर विद्यालयको बसमा आक्रमण गर्ने एक चिनियाँ पुरुषलाई फाँसी दिइएको छ । जापान सरकारले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । चीनको एक अदालतले ५२ वर्षका झोउ जियाशेङलाई जुन २४ को घटनाका लागि उक्त सजाय दिएका हुन् ।
जागिर गुमाएको अनि कर्जामा चुर्लुम्म डुबेकोले बाँच्ने इच्छा मरेपछि ती पुरुषले चीनको शुझोउ प्रान्तमा रहेको जापानी विद्यालयबाहिर रहेको बसमा जापानी आमा र बच्चालाई चक्कुले हानेका थिए ।
यिनीहरूलाई बचाउने क्रममा उक्त बसकी चिनियाँ अटेन्डेन्ट महिला हु यूपिङले ज्यान गुमाइन् । हालैका दिनमा चिनियाँ अधिकारीहरूले यस्तै खालका घटनाका दोषीलाई एक पछि अर्को गर्दै मृत्यु दन्डको सजाय दिइरहेको समयमा यो खबर आएको हो ।
झोउले जानी जानी अरूको ज्यान लिन खोजेको अनि उनको उक्त अपराधले समाजमा उल्लेख्य प्रभाव पारेकोले उनलाई उक्त दण्ड दिइएको जापानको मन्त्रीपरिषद्का मुख्य सचिव योशिमासा हायाशीले पत्रकार सम्मेनमा भनेका थिए ।
तर यो सुनवाइमा अदालतले जापानको नाम भने उल्लेख नगरेको उनले बताए । अपराधीलाई फाँसीको सजाय दिने समयमा शाङ्हाईस्थित जापानी वाणिज्य दूतावासका अधिकारीहरू उपस्थित रहेको बताइएको छ । उक्त अपराधलाई हायाशीले बिलकुल अक्षम्य भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला
पाल्पामा एक पुरुष मृत फेला
सुकेधारामा पुरुष मृत फेला