हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा यति बेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सिमकोट तल्लो बजारमा धारामा पानी आउन छाडेपछि घण्टौँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए ।
कामीले भने, “तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छाडेको छ, पानी आएका एक दुई छिटफुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ, बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पानी आउने हुँदा कहिले त खाना पकाउने पानी नै पुग्दैन, खाना पकाउनलगायतका लागिसमेत पानीको समस्या छ, व्यक्तिगत सरसफाइमा पनि समस्या छ ।”
एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता स्थानीयको छ । एक बाल्टी पानी थाप्न लाइनमा बस्नुपर्ने बाध्यता छ । हिउँदको समयमा पानीमा बिहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप टुटफुट भएका कारण तल्लो बजारवासीले खानेपानीको समस्या झेल्दै आउनुपरेको छ । खानेपानीका धारामा बरफ जमेर पानीसमेत आउन नसकेको हो ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ माघ २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार
उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने
३९ लाख खर्चेर लुक्सीपारमा खानेपानी आयोजना निर्माण
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा