एजेन्सी । टर्कीको एक प्रसिद्ध स्कि रिसोर्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ। टर्कीको गृह मन्त्रालयले यो जानकारी दिएको हो।
आगलागीमा मृत्यु भएकाको सबैको पहिचान अझै भएको छैन। टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले आगलागीमा ५१ जना घाइते भएको बताएका छन्। यीमध्ये एक जना आईसीयूमा छन्।
यसबाहेक १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको बीबीसीले जनाएको छ।
टर्कीका कानुनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन्। पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन्।
बोलुस्थित १२ तले ग्रान्ड कार्टल होटलमा मंगलबार स्थानीय समयअनुसार बिहान ३:२७ बजे आगलागी सुरु भएको थियो। जतिबेला होटलमा २३४ जना बसिरहेका थिए।
बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा पर्छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ माघ २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि