एजेन्सी । टर्कीको एक प्रसिद्ध स्कि रिसोर्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ। टर्कीको गृह मन्त्रालयले यो जानकारी दिएको हो।
आगलागीमा मृत्यु भएकाको सबैको पहिचान अझै भएको छैन। टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले आगलागीमा ५१ जना घाइते भएको बताएका छन्। यीमध्ये एक जना आईसीयूमा छन्।
यसबाहेक १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको बीबीसीले जनाएको छ।
टर्कीका कानुनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन्। पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन्।
बोलुस्थित १२ तले ग्रान्ड कार्टल होटलमा मंगलबार स्थानीय समयअनुसार बिहान ३:२७ बजे आगलागी सुरु भएको थियो। जतिबेला होटलमा २३४ जना बसिरहेका थिए।
बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा पर्छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ माघ २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी