काठमाडौँ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारजनको अवस्था गम्भीर छ।
बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा बिहीबार साँझ बा.३ ख ८४४५ नम्बरको माइक्रो सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका- १० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको जिप्रका सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए।
गम्भीर अवस्थाका दुई घाइतेलाई धुलिखेल अस्पतालबाट राति नै काठमाडौँको ट्रमा सेन्टरमा लगिएको डीएसपी खड्काले बताए। जनकपुर १२ का २३ वर्षीय रिचवन नदाफ र मनिका नदाफको हाल ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।
बाँकी दुई घाइतेको धुलिखेल अस्पतालमै उपचार भइरहेको डीएसपी खड्काले बताए।
त्यसैगरी चारजना घाइतेको खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। सामान्य उपचारपछि दुईजना भने डिस्चार्ज भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ माघ २०८१, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत