काठमाडौ । अस्ट्रेलियामा नेपाली मूलका एक व्यक्तिले चलाएको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मूलका रविन रावलले चलाएको कार ट्याक्सीसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको ज्यान गएको समाचार संस्था सेभेनन्युज जनाएको छ ।
समाचारअनुसार दुर्घटनामा रावलसहित ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार अरू दुई जनाको मृत्यु भएको छ ।
ट्याक्सीमा चालकसहित ८१ वर्षीया र ५६ वर्षीया महिला सवार थिए । उनीहरूको परिचय खुलाइएको छैन ।
सेभेन न्युजका अनुसार ४३ वर्षीय रावल पर्थमा सरकारी जागिरे थिए । उनका श्रीमती र सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते