काठमाडौ । अस्ट्रेलियामा नेपाली मूलका एक व्यक्तिले चलाएको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मूलका रविन रावलले चलाएको कार ट्याक्सीसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको ज्यान गएको समाचार संस्था सेभेनन्युज जनाएको छ ।
समाचारअनुसार दुर्घटनामा रावलसहित ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार अरू दुई जनाको मृत्यु भएको छ ।
ट्याक्सीमा चालकसहित ८१ वर्षीया र ५६ वर्षीया महिला सवार थिए । उनीहरूको परिचय खुलाइएको छैन ।
सेभेन न्युजका अनुसार ४३ वर्षीय रावल पर्थमा सरकारी जागिरे थिए । उनका श्रीमती र सन्तान छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु