काठमाडौँ । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँग सामुहिक छलफल गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका काँग्रेसका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग बिहीबार कांग्रेसले छलफल गर्ने तय गरेको छ।
यो छलफल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुने जनाइएको छ। कांग्रेस र एमालेबीच गत असार १७ मा भएको ७ बुँदे सहमतिमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए। यस सहमतिअनुसार सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी काँग्रेसले १२ जनालाई पठाएको छ।
गत भदौदेखि सरकारका कामलाई परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गरेको थियो। महिनामा एक वा दुई पटक यस्ता छलफलहरू निरन्तरता दिइरहेको कांग्रेसको भनाइ छ।
पछिल्लो समय मन्त्रीहरुले कामै गर्न नसक्दा सरकार सुस्त बनेको आवाज उठ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?