बेंगलुरु । भारतको बेंगलुरुस्थित होयसाला नगरमा एक छ वर्षीया नेपाली बालिकालाई निर्माणाधीन भवन भित्र यौन दुर्व्यवहार र हत्या गरिएको समाचार छ ।इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार बेंगलुरु प्रहरीले उक्त अपराधमा बिहारका एक जनालाई पक्राउ गरेको हो ।
बाबुआमा नेपाली मूलको भएको र घटनास्थलमा सुरक्षा कर्मचारीको रूपमा काम गर्ने गरेको समाचारमा उल्लेख छ । सोमबार साँझ ७ः३० बजे बालिकाका अभिभावक काममा गएका बेला उक्त घटना भएको बताइएको छ ।
अभिषेक कुमार भनेर चिनिने अभियुक्त बिहारबाट आएका मजदुर थिए । बालिकालाई सुनसान क्षेत्रमा लगेर बलात्कार गरेपछि उनले हत्या गरेका थिए । स्थानीयले बालिकालाई फेला पारेर आरोपीलाई पक्राउ गरेपछि घटनाको खुलासा भएको हो । प्रहरीलाई जिम्मा दिनुअघि उनीहरुले अभियुक्तलाई कुटपिट समेत गरेका थिए ।
प्रहरीका डीसीपी डी देवराजले अभियुक्त पक्राउ परेको पुष्टि गरेका छन् । राममूर्ति नगर प्रहरीले यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन र भारतीय न्याय संहिता (बीएनएस) को सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा तीन जनाको बीभत्स हत्या, घटना रहस्यमय
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या