पर्सा। पर्सा आगलागीबाट दर्जनौ खसीबाख्रा मरेका छन् । जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा खोरमा आगलागी हुँदा दर्जनौ खसीबाख्रा मरेको हो ।
बाख्रालाई चिसोबाट बचाउन खोर नजिकै बालेको घुर सल्किएर आगलागी हुँदा स्थानीय लालबहादुर दासका करिब दुई दर्जन खसीबाख्रा मरेको वडाध्यक्ष दारासिंह राउतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगोमा जलेर १० वटा बाख्रा र ८ वटा बोका मरेका छन् । आगलागीबाट २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
बालाजुमा एक महिलाले लगाइन् आफ्नै शरीरमा पट्रोल छर्केर आगो
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारतको जंगलमा लागेको आगो