पर्सा। पर्सा आगलागीबाट दर्जनौ खसीबाख्रा मरेका छन् । जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा खोरमा आगलागी हुँदा दर्जनौ खसीबाख्रा मरेको हो ।
बाख्रालाई चिसोबाट बचाउन खोर नजिकै बालेको घुर सल्किएर आगलागी हुँदा स्थानीय लालबहादुर दासका करिब दुई दर्जन खसीबाख्रा मरेको वडाध्यक्ष दारासिंह राउतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगोमा जलेर १० वटा बाख्रा र ८ वटा बोका मरेका छन् । आगलागीबाट २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगोमा जलेर २ जनाको मृत्यु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो