काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक जारी छ ।
जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरू सहभागी छन् । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल भइरहेको छ ।बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन सहभागी छन् ।
यस्तै, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल , नेता बेदुराम भुसाल, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा नेता बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेसपा अध्यक्ष महेन्द्र राय यादवलगायत सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक
मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध
विपक्षी दलहरूको बैठक बस्दै
रास्वपाको ५ बुँदे प्रस्तावमा सत्ता पक्षलाई मनाउन प्रयास गर्ने विपक्षी दलको निर्णय