काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक जारी छ ।
जारी बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आजपा र नेसपाका नेताहरू सहभागी छन् । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल भइरहेको छ ।बैठकमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन सहभागी छन् ।
यस्तै, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल , नेता बेदुराम भुसाल, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा नेता बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेसपा अध्यक्ष महेन्द्र राय यादवलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नेतृत्वको सर्वदलीय संवादपछि विपक्षी दल सिंहदरबारमा छुट्टै छलफलमा
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै
प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
सभामुख भेट्न पुगे विपक्षी दलका नेताहरू
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय