एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइमा जारी वार्ताको बारेमा छलफल गरेका छन्। यो वार्ता डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा हो।
ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाएकाहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए।
राष्ट्रपति बिडेनले गाजामा मानवीय सहायता बढाउनु पर्ने आवश्यकताबारे पनि जोड दिएका छन्।
यो वार्ता नेतान्याहुको बयानपछि भएको हो जसमा नेतान्याहुले आफूले वार्ताका लागि कतारमा वरिष्ठ प्रतिनिधिमण्डल पठाएको बताएका थिए ।
डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालयमा पुग्नुअघि नै बन्धकहरूलाई रिहा नगरे ‘विपत्ति हुनेछ’ भनेर यसअघि नै भनिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ पुस २०८१, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण