एजेन्सी । अमेरिकाको लस एन्जलिसमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । आगो अझै फैलिरहेको क्षेत्रहरूमा पालिसेड्स, ईटन र हर्स्ट समावेश छन्।
अमेरिकाको लस एन्जलसमा लागेको आगलागीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ । इटनमा भएको आगलागीमा ११ जनाको मृत्यु भएको छ भने पालिसेड्समा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ ।
आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ। यहाँ २३ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको आगो ११ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ ।
हर्स्टको आगो ७९९ एकडमा फैलिएको र यहाँ ७६ प्रतिशत आगो नियन्त्रणमा आएको छ । राष्ट्रिय मौसम सेवाले हावाको बहाव फेरि बलियो हुन सक्ने चेतावनी दिएको छ ।
यता, दमकल विभागले केनेथमा लागेको आगो शतप्रतिशत नियन्त्रणमा आएको जानकारी दिएको छ ।
अमेरिकामा कूल ६ स्थानमा आगलागी भएको छ, जसमध्ये चार ठाउँमा आइतबार पनि आगो निभाउने काम भइरहेको छ । केनेथमा बिहीबारदेखि आगो लागेको थियो।
केनेथको १,०५२ एकडमा आगो फैलिएको थियो। आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये केनेथ तेस्रो स्थानमा छ । तर, आगो शतप्रतिशत नियन्त्रणमा आउनुको अर्थ पूर्णरुपमा निभिएको होइन । यसको मतलब आगो अझै फैलिनबाट रोकिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ पुस २०८१, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि