काठमाडौं । करिब पाँच करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको भन्दै अख्तियारले जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०४६ सालमा सरकारी सेवा प्रवेश गरेका उनी २०७७ असारसम्मको अवधिमा गैरकानूनी रकम आर्जन गरेको अख्तियारको दाबी छ । यो अवधिमा उनले ११ करोड २५ लाख रुपैयाँ आर्जन गरेकोमा १६ करोड १३ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दावी छ ।
अख्तियारले उनीमाथि चार करोड ८८ लाख रुपैयाँ बिगो मागदाबी गरेको हो । आफूले कमाएको सम्पत्ति पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ र आमा इन्द्रकुमारी श्रेष्ठका साथै छोरा विवेकको नाममा समेत राखेको भन्दै अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ ।
लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनामा ठेकेदारहरूसँग मिलेर कमिसन खाएको भन्दै उनीविरुद्ध उजुरी परेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस