एजेन्सी । लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर बढी रहेको छ। यसै कारण कम्तीमा ११ जनाको ज्यान गइसकेको छ भने १० हजार घर तथा संरचना ध्वस्त भएका छन्।
क्यालिफोर्नियामा पानीको समेत अभाव देखिएको छ। त्यहाँका गर्भनरले यसको छानबिनको आवाज उठाएका छन्।अहिले प्रभावित क्षेत्रमा रात्रि कालिन कर्फ्यु लगाइएको छ।
पालिसेड र इटनमा यो नियम कडाइका साथ लागु हुने जनाइएको छ। राष्ट्रपति जो बाइडेले लस एन्जलसको अवस्था साँच्चै भयावह भएको बताउँदै मर्नेको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन्।
अहिले अल्टाडेना जिल्लामा १५ सय अग्नि नियन्त्रक सक्रिय छन्। त्यहाँका प्राय सबै मानिस अन्यत्र सरिसकेका छन्।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले डोनाल्ड ट्रम्पलाई भ्रमण गर्नका लागि त्यहाँ बोलाएका छन्। उनले ट्रम्पलाई घटनालाई राजनीतिकरण नगर्न भने अनुरोध गरेका छन
अहिले पालिसेड र इटनमा आगोमा प्रभाव कम भएको छ। तर त्यहाँका सिनेटरले घरमा तत्काल नफर्कन अनुरोध गरेका छन्। उनीहरूले घर फर्कने अवस्था आउनका लागि केही दिन अझ लाग्न सक्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ पुस २०८१, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति