काठमाडौँ । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनीहरूबिच विकसित राजनीतिक घटनाक्रमसहित विपक्षी मोर्चालाई सशक्त बनाउने विषयमा छलफल भएको बुझिएको छ । बिहीबार मात्र प्रचण्ड र नेपालबिच भेटवार्ता भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकार आफै ढल्ने बताउँदै आएका बेला विपक्षी दलका नेताहरुविच बारम्बार भइरहेको भेटवार्ता र छलफललाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’