काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेबीच भेटवार्ता भएको छ ।
महासचिव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार मन्त्री पाण्डेसँग पर्यटन मन्त्रालयमा भेट गरेको हो । भेटमा बिम्स्टेक देशबीचको भिसा सहजीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय सर्किटमा पर्यटन पूर्वाधार विकासलगायत विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री पाण्डेले बिम्स्टेक टुरिज्म फन्ड वृद्धि गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरे । उनले नेपालको हवाइ उड्डयन क्षेत्र चलायमान बनाउने, पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन बिम्स्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डबीच आबद्धता तथा आपसी आदान-प्रदानलगायत विषयमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सगरमाथा विश्वको गौरव: मन्त्री पाण्डे
‘पर्यटन विकासमा महिलाको नेतृत्व महत्वपूर्ण’: मन्त्री पाण्डे
सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे
चार देशमा पर्यटन विस्तारबारे छलफल गरेर पर्यटन मन्त्री पाण्डे स्वदेश फिर्ता
चार देशको भ्रमण पूरा गरी पर्यटनमन्त्री स्वदेश फिर्ता
फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह