दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।
‘घ’ श्रेणीको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता छ । तर, हाल कारागारमा ८५ जनालाई राखिएको छ । यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् । जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी कारागारमा रहेका छन् ।
'थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन्,' उनले भने ।
जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान
जलेश्वर कारागारका २७३ कैदीबन्दी अझै फरार
भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन