एजेन्सी । अमेरिकास्थित लस एन्जलसको जंगलमा भीषण आगलागी भइरहेको छ।
बीबीसीका अनुसार २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ।
दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन्। यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन्।
केही भिडिओ फुटेजले प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछ। यहाँ बसोबास गर्ने मानिसहरु आफ्नो घर र सवारीसाधन छाडेर भागेको देखिन्छ।
क्यालिफोर्नियामा लाखौं मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा छ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ पुस २०८१, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी