एमाले-माआवादी नेताहरु निर्वाचन आयोग जाने

सोमबार, १७ पुस २०७४, १२ : १६
एमाले-माआवादी नेताहरु निर्वाचन आयोग जाने

चितवन । नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर यो आयोग जान लागेका हुन ।

एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङसहित दुई दलका नेताहरु दिउँसो ३ बजे आयोग पुग्ने कार्यक्रम छ । आयोग पदाधिकारीलाई कसैको दबाबमा नपर्न र समानुपातिकको परीणाम सार्वजनिक गर्न आग्रह गरिने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

निर्वाचन आयोगले राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको परीणाम सार्वजनिक गर्न नसकिने बताएको छ । तर, एमाले नेताहरुले भने आयोगप्रति असन्तुष्ट जनाउँदै आएका  छन ।

प्रतिक्रिया दिनुहोस