क्रेमलिन । रुसको कब्जामा रहेको उत्तर युक्रेनी सहर दोनेत्स्कमा युक्रेनले गरेको ड्रोन आक्रमणमा परेर एक जना रुसी पत्रकारको मृत्यु भएको छ ।
रुसको सरकारी पत्रिका इज्भेस्तियाले बताएअनुसार यस घटनामा उसको फ्रिलान्स पत्रकारको मृत्यु भएको हो । युक्रेनी सेनाले जानीजानी अलेक्जान्डर मार्तेम्यानोभलाई निशाना बनाएको आरोप रुसले लगाएको छ । यस विषयमा अहिलेसम्म युक्रेनले कुनै प्रतिक्रिया दिएको छैन ।
मार्तेम्यानोभलाई बोकेर गइरहेको सवारी साधनमाथि राजमार्गमा आक्रमण गरिएको इज्भेस्तियाले बताएको छ । यस घटनामा पत्रिकाका अरू पाँच जना कर्मचारी घाइते भएको भनिएको छ ।
उक्त गाडी रुसको कब्जामा रहेको गोर्लिभ्का सहरमा रिपोर्टिङ सकेर आइरहेको रुसको सरकारी समाचार संस्था रियाले भनेको छ । यस घटनामा रियाका दुई जना पत्रकार पनि घाइते भएको बताइएको छ । यस घटनालाई रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारियो जाखारोभाले जानी जानी गरिएको हत्या भनेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन