बेलायतद्धारा अभिनेत्री साम्राज्ञीलाई भिसा दिन अस्वीकार

सोमबार, १७ पुस २०७४, ११ : ५३
बेलायतद्धारा अभिनेत्री साम्राज्ञीलाई  भिसा दिन अस्वीकार

चितवन । पछिल्लो समयकी हट एण्ड हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाइ बेलायतको भिषा कठिन भएको छ । पहिलो पटक ‘भिसा रिजेक्ट’ भएपछि दोस्रो पटक फेरी प्रयास गरेकी साम्राज्ञीलाई बेलायतले फेरी भिसा दिन अस्वीकार गरेको छ ।

‘इन्टु मिन्टु लन्डनमा’ चलचित्रको छायाँकनका लागि बेलायत जान भिषा आवेदन दिएकी शाहलाई बेलायतले पत्याइरहेको छैन । हालै ‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेर फर्किएकी शाहलाई बेलायतले के कारणले पत्याउन नसकेको हो त्यु बुझ्न सकिएको छ ।

पुरै छायाँकन बेलायतमा गरिने भनिएको यो चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ साम्राज्ञीको भिसाका कारणले सुरु हुन सकेको छैन । शाह केही दिन अगाडि दोस्रो पटक भिषाका लागि भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् । चलचित्र छायाँकनका लागि निर्देशक रेनेसा राई र कलाकार धिरज मगर भने बेलायतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस