एजेन्सी । भारत र अस्ट्रेलिया बीचको पाँचौँ तथा अन्तिम टेस्टमा छोटो समयमा नै विकेट पतनको क्रम जारी छ।
पहिलो दिन १८५ रनमा सबै विकेट गुमाएको भारतले दोस्रो दिनको खाना समयसम्ममा अस्ट्रेलियाका ५ ब्याट्सम्यानलाई आउट गरेको हो। अहिले अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३८ रन बनाएको छ।
अस्ट्रेलियाका तेउ वेबस्टर ८३ बलमा ४२ रन बनाएर खेलिरहेका छन्। एलेक्स केरी भर्खरै आउट भएपछि प्याट कमिन्स ब्याटिङमा आएका छन्। बोर्डर गावस्कर ट्रफी जोगाउन भारतलाई यो खेल जित्न जरुरी छ।
श्रुङ्खलामा अस्ट्रेलिया २-१ ले अगाडि छ। अस्ट्रेलियाका लागि साम कोन्टासले २३ तथा स्टेभन स्मिथले ३३ रन बनाए। भारतका जसप्रित बुमराह, मोहम्मद सिराज र प्रसिद्ध कृष्टले समान दुईदुई विकेट लिएका हुन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० पुस २०८१, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित
अस्ट्रेलियामा भीषण आँधी, १ जनाको मृत्यु, १३ सैनिक घाइते
अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक
भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश
योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु