काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा एउटा सानो विमान एक भवनको छानामा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा २ जनाको मृत्यु र १८ जना घाइते भएको बीबीसीले जनाएको छ।
मृतक विमानमा थिए वा जमिनमा भन्ने अझै खुल्न सकेको छैन । विमान ओरेन्ज काउन्टीको फुलर्टन म्युनिसिपल एयरपोर्टबाट उडेको थियो । उडेको २ मिनेटमै विमान दुर्घटना भएको समाचारमा उल्लेख छ ।
विमान दुर्घटना भएको भवनमा फर्निचर निर्माणको काम भइरहेको थियो । दुर्घटनाको समयमा भवनमा करिब २ सय जना कामदारहरूले काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु