वीरगञ्ज । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व संकलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो ।
चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व संकलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन अवधिलाई लक्षित गर्दै एलपी ग्यास आयात बढाइयो, एकै दिन १३८ बुलेट भित्रियो
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु