पोखरा । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ ।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको हो । आजैबाट थुनछेक बहस पनि सुरु हुने खनालले जानकारी दिए ।
रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लियएको हो ।
सबै प्रतिवादीहरूको बयान सकिएसँगै आजैबाट थुनछेक बहस थालिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धरौटी बुझाएर छुटिन् लीला पछाईं
सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दा- कसलाई कति धरौटी मागियो ?
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश
सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने सम्भावना
कास्की अदालतमा रविसहित सबै प्रतिवादीको बहस सकियो
प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी