हेटौँडा । मकवानपुरको मनहरीमा बाघले ७ वटा बाख्रा मारेको छ । आइतबार साँझमा मानिसलाई आक्रमण गरी मारेको बाघले सोमबार बिहान पुनः ७ वटा बाख्रा मारेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमण गर्दा बिहान ५ बजेको समयमा मनहरी गाउँपालिका–५ वसन्तपुर बस्ने सूर्यबहादुर मोक्तानको खोरका ७ वटा बाख्रा मरेका हुन् । घर नजिकै रहेको बाख्राको खोरमा रहेका ७ वटा बाख्रा मारेर एउटा बाख्रा बाघले जङ्गलतर्फ लगेको प्रहरीले जनाएको छ ।
यसअघि बाघले मनहरी–५ वसन्तपुर वडा कार्यालय नजिकै ७२ वर्षीय कान्छीमाया रुम्बालाई बारीमा घाँस काट्दै गरेको अवस्थामा आक्रमण गरेको थियो । बाघको आक्रमणबाट रुम्बाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ ।
२५ किलोमिटर पश्चिमतर्फ रहेको घटनास्थलमा बाघलाई नियन्त्रणमा लिनका २ वटा हात्ती परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार बाघलाई नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जबाट २ वटा हात्ती र सेनाको टोली तथा चितवन राष्ट्रिय निकुञ्जबाट समेत टोली खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
आज विश्व बाघ दिवस, सबैभन्दा बढी बाघ भारतमा
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा
बाख्रा चराउन गएका गोठालाको बाघको आक्रमणबाट मृत्यु
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा बाघ
नेपालमा बाघको संख्या बढ्दै जाँदा बासस्थानको समस्या