काठमाडौं। एयर क्यानडाको एक विमानले हलिफ्याक्स विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। जसमा विमानको अवतरण गियर बिग्रिएपछि रनवेमा चिप्लियो र आगलागी भयो। तर, घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।
यो घटना दक्षिण कोरियाको मुआन विमानस्थलमा भएको दु:खद् विमान दुर्घटनाको केही घण्टापछि भएको हो। दक्षिण कोरियामा भएको दुर्घटनामा बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा आगलागी भएको थियो, जसमा दुई यात्रुबाहेक सबैको मृत्यु भएको छ।
यस विमानलाई पीएएल एयरलाइन्सले सञ्चालन गरिरहेको बताइएको छ, जुन एयर क्यानडाको उडान एसी २२५९ को रूपमा सेन्ट जोनदेखि हलिफ्याक्सका लागि उडानमा थियो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु
भारतले इजरायलसँग आकासमा इन्धन भर्ने ६ वटा विमान किन्ने
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी