काठमाडौं। एयर क्यानडाको एक विमानले हलिफ्याक्स विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। जसमा विमानको अवतरण गियर बिग्रिएपछि रनवेमा चिप्लियो र आगलागी भयो। तर, घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।
यो घटना दक्षिण कोरियाको मुआन विमानस्थलमा भएको दु:खद् विमान दुर्घटनाको केही घण्टापछि भएको हो। दक्षिण कोरियामा भएको दुर्घटनामा बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा आगलागी भएको थियो, जसमा दुई यात्रुबाहेक सबैको मृत्यु भएको छ।
यस विमानलाई पीएएल एयरलाइन्सले सञ्चालन गरिरहेको बताइएको छ, जुन एयर क्यानडाको उडान एसी २२५९ को रूपमा सेन्ट जोनदेखि हलिफ्याक्सका लागि उडानमा थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु